एफ ए कपको उपाधिका लागि चेल्सी र आर्सनल भिड्ने

116

एजेन्सी – एफ ए कपको उपाधिका लागि लन्डन क्लब चेल्सी र आर्सनल भिड्ने भएका छन् । म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सीले फाइनलमा आर्सनलसँगको भेट पक्का गरेको हो ।

चेल्सीसँगको हारसँगै म्यान युनाइटेडको अपराजित यात्रामा पुर्णविराम लागेको छ । जनवरीमा बर्नलीसँग २–० ले पराजित भएयता युनाइटेड १९ खेलसम्म अपराजित रहेको थियो ।

आइतबार राति वेम्बली स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेडमाथि ३–१ को जित निकाल्दै चेल्सीले फाइनलमा स्थान बनाएको छ । दोस्रो सेमिफाइनलमा चेल्सीको जितमा ओलिभर जेरुड र मिसन माउन्टले गोल गरे ।

युनाइटेडका कप्तान ह्यारी मग्वाएरले एक आत्मघाती गोल गर्दा ब्रुनो फर्नान्डेसले एक गोल फर्काए । खेलमा पहिलो हाफको अतिरिक्त समयमा जेरुडले गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाए ।

कप्तान एजपेल एक्वेटाले दिएको क्रस बललाई जेरुडले सहज गोल गरेका थिए । खेलको ४६ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनायो । खेलको ७४ औं मिनेटमा युनाइटेडका मग्वाएरले आत्मघाती गोल गर्दा चेल्सीले ३–० को अग्रता बनायो ।

नाइटेडका ह्यारी म्याग्वेरेले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल हुन पुगेको थियो । त्यसपछि खेलको ८६ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा एक गोल फर्काएपनि चेल्सी ३–१ ले विजयी भयो ।

चेल्सीले अब उपाधिका लागि कीर्तिमानी १३ पटकको च्याम्पियन आर्सनलसँग खेल्नेछ । आर्सनल म्यानचेस्टर सिटीलाई २–० ले हराएर फाइनल पुगिसकेको छ । चेल्सी र आर्सनलबीचको फाइनल अगष्ट १ मा वेम्बलीमा हुनेछ ।

समाचार वर्गहरू