काठमाडौं – संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै सोमबार सर्वोच्चमा रिट पेस गरेका हुन्।
उनका अनुसार रिटमा एमसिसी नै संसदमा लगेर अनुमोदन गर्नुपर्छ भनेर नलेखिएको एमसिसीका कतिपय प्रावधान नेपालको संविधान कानुन र सार्वभौमिकताविपरीत भएकोले त्यसलाई पारित गर्न सकिँदैन भन्ने जिकिर गरिएको छ।
उक्त रिट दर्ता भने भइसकेको छैन। सर्वोच्च प्रशासनले अध्ययन गरेर रिट दर्ता गर्ने/नगर्ने जानकारी भोलि दिने भनेको वरिष्ठ अधिवक्ता भण्डारीले बताए।