काठमाडौं – प्रतिनिधिसभाले एमसिसीमाथिको व्याख्यात्मक घोषणा स्वीकृत गरेको छ । प्रतिनिधिसभाको दोस्रो बैठकले एमसिसीमाथिको व्याख्या स्वीकृत गरेको हो ।
सभामुख अग्नि सापकोटाले व्याख्यात्मक घोषणाका पक्षमा बहुमत सदस्य रहेकाले स्वीकृत भएको घोषणा गरेका हुन् ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको व्याख्यात्मक माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
व्याख्यात्मक घोषणामा नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीति लगायत कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आबद्ध भएको मानिने छैन भनिएको छ।
त्यस्तै, नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरुभन्दा माथि रहने छ भनी घोषणा गरिएको छ। कम्प्याक्ट कार्यक्रम अन्तर्गत सिर्जना हुने सम्पूर्ण बौद्धिक सम्पत्ति उपर नेपालको स्वामित्व रहनेछ र त्यसको पूर्ण उपयोग नेपालले गर्न पाउने छ भनी घोषणा गरिएको छ।
आजै एमसीसी पारित गर्ने संसदको कार्यसूची छ।