एमालेको महाधिवेशनस्थलमा फोहोरले अस्तव्यस्त

72

काठमाडौं – नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप उम्मेदवारका प्रचार सामग्रीले अस्तव्यस्त बनेको छ। नेतृत्व चयनका लागि महाधिवेशन चलिरहँदा सडक तथा भित्तामा प्रचार सामग्री जथाभाबी फालिएको देखिन्छ।

भृकुटीमण्डप क्षेत्रका सडक, फुटपाथ र खुला स्थानमा उम्मेदवारका पर्चा, पम्पलेट र ब्यानर छरपस्ट छन्। भोट माग्ने नाममा छरिएका ती सामग्रीले सार्वजनिक स्थल कुरूप बनाउनुका साथै सिंगो क्षेत्रको सौन्दर्य नै हराएको छ।

ठूला भाषण र अनुशासनका कुरा गर्ने एमालेले वातावरणीय जिम्मेवारी र सार्वजनिक सरसफाइ बेवास्ता गरेको देखिन्छ।

छरिएको फोहोर बुधबार बिहान काठमाडौँ महानगरपालिकाको ब्रुमर प्रयोग गरी सफा गरिएको छ।

समाचार वर्गहरू