एमालेमा विद्रोह नगरेको भए हाम्रो बिजोग हुन्थ्यो – माधव नेपाल

23

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरुको प्रतिवाद गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले एमालेमै बसेको भए आफूहरुको बिजोग हुने बताए ।

‘बिद्रोह गर्नु जायज थियो । बिद्रोह नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलनको रक्षाको निम्ति दृढतापूर्वक उभिने योद्धाहरु हराएर जाने थिए । दास भएर बस्नुपर्दथ्यो । समर्पण गरेर बस्नुपर्दथ्यो । हामी सबैको भविष्य खत्तम भइसकेको हुने थियो । हामीले देखेका छौं, कतिपय नेताहरुको के भएको छ बिजोग । त्यही बिजोग हाम्रो पनि हुने थियो । त्यस्ता चुनौतीको सामना गरेर अघि बढने आँट गर्‍यौं’, उनले भने ।

एमालेसँगको बिद्रोह पुष्टि भएन भन्नेहरुको कुरा नसुन्न पनि उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

‘अहिले एउटा कुरा म सुन्ने गर्दछु–यो तीन वटा शब्द तपाईंहरु कसैले नसुन्नुस् । कान बन्द गरिदिए हुन्छ । पहिलो कुरा, विद्रोहको औचित्य पुष्टि भएन । यो वाइयात कुरा सन्दै नसुन्नुस् । तुरुन्त खण्डन गर्नुस् । प्रत्येक घटनाक्रमले हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । अहिले पनि भइराखेको छ । दिनदिनै भइराखेको छ’, अध्यक्ष नेपालले भने ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू