एमालेले शुक्रबार पनि संसद चल्न दिएन

14

काठमाडौं – प्रतिनिधिसभा बैठक एमालेको नाराबाजीपछी शुक्रबार पनि स्थगित भएको छ। एमालेको अवरोधपछी सभामुख देवराज घिमिरेले आगामी साउन २९ गते सोमबार दिनको एक बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले नाराबाजी गरेपछि शुक्रबार बसेको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भएको हो।

बैठकको सुरुमै एमालेका सांसदहरूले अवरोध गरेपछि सत्तापक्षका सांसदहरूले पनि उठेर बोल्न नदिने रणनीति लिएका थिए।

एमालेकी सांसद ज्वालाकुमारी साहलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरूले त्यसलाई अवरोध गर्ने रणनीतिका साथ उठेर विरोध गरेका थिए। सत्तापक्षका सांसदहरूले उठेपछि एमालेका सांसदहरूले वेल घेराउ गर्दै सरकार र सत्तापक्षविरुद्ध नाराबाजी गरेका छन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू