एमाले अध्यक्ष ओलीको राजीनामा माग

132

काठमाडौं – नेकपा एमालेमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले लिखितरूपमै अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

ओलीले नेतृत्व छाड्नुपर्ने पक्षमा आज पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे उभिएका छन् ।

‘लिखित ड्राप्ट पढेर उहाँहरूले त्यहीँ छाडेर जानुभएको छ’, एक नेताले भने । नेतृत्व छाड्नुपर्ने कुरा हुँदा ओलीले धैर्यपूर्वक सुनेर टाउको हल्लाएका थिए ।

युवा पुस्ताको आन्दोलनको मर्म र मागअनुसार देशको परिवर्तनको लागि अझ सशक्त नेतृत्व चाहिने उनीहरूको भनाइ छ । पार्टीपंक्तिमा अहिले निराशा छाएको भन्दै अहिलेकै अवस्थामा चल्न नसकिने साथै नयाँ ढङ्गले नयाँ सोचका साथ जानुपर्ने पनि उनीहरूले उल्लेख गरेका छन् ।

पार्टी नेतृत्वको सरकार हुँदा अहिलेको अवस्था आउनुमा कसको कस्तो भूमिका रह्‌यो समीक्षा गरेर व्यापक रूपमा पुनर्गठन गर्नुपर्ने माग उनीहरूको छ । शाक्यले गुण्डुमा पछिल्लो समय भइरहेको गतिविधिले पार्टीलाई फाइदा नगर्नेतर्फ सचेत गराएकी थिइन् ।

समाचार वर्गहरू