एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान,कार्यवाहक अध्यक्षमा ईश्वर पोखरेल

6

काठमाडौं – नेकपा (एमाले)का एवम् पुर्व प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन।

कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

टोलीमा अध्यक्ष ओलीसँगै उनकी पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन।कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षण एवम् केहि राजनितिक भेटघाट पश्चात अध्यक्ष ओली  यही साउन ८ गते स्वदेश फर्कनेछन।

यसैक्रममा ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन्। मंगलबार राति कम्बोडिया जानु अगाडि अध्यक्ष ओलीले कार्यवाहकअध्यक्षको जिम्मेवारी पोखरेललाई दिएका हुन्।

यसैगरी ओलीले संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङलाई दिएका छन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू