एमाले अध्यक्ष पक्राउका विरुद्धमा सडक प्रर्दशनमा प्रहरी र प्रदर्शनकारीबीच झडप

11

काठमाडौं । काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रहरी र प्रदर्शनमा उत्रिएका नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडप उग्र बन्दै जान थालेपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरिरहेका छन् ।

काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

प्रदर्शनकारी माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्न खोजेको थियो । त्यसक्रममा झडप भएको हो । अहिले पनि सो क्षेत्र तनावग्रस्त छ ।

विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । लाठी चार्चका क्रममा एमाले कार्यकर्ता युवराज ओली, लगायतका नेता कार्यकर्ताहरू घाइते भएका छन् । माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेका बेला एउटा समूह सिंहदरबारको दक्षिण गेटतर्फ प्रदर्शन गर्न पुगेको थियो ।

त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको छ । आफूसहितका प्रदर्शनकारीमाथि प्रहरीले लाठी बर्साएको फुयालले बताए ।

सँगै रहेका महनगर–१ बस्ने युवराज ‌ओलीको टाउकोमा नै लाठी लागेको उनले जानकारी दिए । लाठी लागेर रगतपच्छे भएपछि उनलाई नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पताल लगिएको फुयालले जानकारी दिए ।

समाचार वर्गहरू