एमाले छाडेर स्वतन्त्र उठ्दै पूर्वसांसद गंगा चौधरी

11

काठमाडौँ – नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा पूर्वसांसद गंगा चौधरी सत्गौवाले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् ।

एमालेले दाङ १ बाट शान्ता चौधरीलाई उम्मेदवार बनाउने तय भएपछि गंगा चौधरी सत्गौवाले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

दाङ- १ बाट आफ्नो नाम पनि सिफारिस भएको तर पार्टीले अर्को निर्वाचन क्षेत्रकी शान्तालाई ल्याएकाले स्वतन्त्र उम्मेदवार बन्न लागेको गंगाले बताइन् । ‘मैले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छु ।

दाङ- १ बाट म स्वतन्त्र उम्मेदारी दिने हो,’ उनले भनिन्, ‘पार्टीले बाहिरको मान्छेलाई उम्मेदवार बनाउने भएकाले मान्दैनौं । उहाँ (शान्ता चौधरी)को क्षेत्र पनि यो भएको भए र उहाँलाई नै दिएको भए त मान्थ्यौं तर बाहिरको मान्छेलाई यहाँ उम्मेदवार बनाएपछि कसको मनले मान्छ ?’

असोज २३ मा उम्मेदवारी दर्ता गरेर पार्टीबाट राजीनामा दिने गंगा चौधरीले बताइन् ।

समाचार वर्गहरू