काठमाडौं – नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति इन्द्रावतीमा अध्यक्षका प्रत्यासी विकास लामाले गठबन्धनको क्रममा सिन्धुपाल्चोकमा माओवादी केन्द्रले धोका दिएको आरोप लगाएका छन्।
लामाले आसन्न संघीय र प्रदेशसभाको निर्वाचनमा अहिलको धोकाको ब्याजसहित तिर्ने चेतावनी दिँदै समाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘सिन्धुपाल्चोकमा एमाले माओवादी गठबन्धन निकै कसिलो भएको पाइयो। अब हिसाब किताब ६ महिनापछि ब्याज समेत तिरौँला।’
लामा इन्द्रावती गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार झम्क नेपालसँग ९७५ मतले पराजित भएका थिए । नेपालले ७ हजार १२७ मत पाए भने लामाले ६ हजार १५२ मत पाएका थिए।
इन्द्रावतीको उपाध्यक्षमा पनि एमालेकै शोभना तामाङ विजयी भएकी छन् । एमालेकी उम्मेदवार तामाङले ६ हजार ५१३ मत पाइन भने कांग्रेसकी दया कुमारी मिश्रले ६ हजार ४६३ मत पाएकी छन्।
इन्द्रावती गाउँपालिकामा अघिल्लो चुनावमा कांग्रेसले जितेको थियो । त्यसबेला अहिले विजयी भएका एमालेका नेपाल काँग्रेसका बंशलाल तामाङसँग पराजित भएका थिए ।