एमाले मुख्यालयमै कुटिए महेश बस्नेतनिकट मंगल थापा

87

काठमाडौं – नेकपा(एमाले) मा महाधिवेशन नजिकिएसँगै प्रतिनिधि छनोटको विवाद पनि चर्किएको छ ।

एमालेमा संस्थापन पक्षले भूगोलभन्दा बढी गैरभूगोल युवा, विद्यार्थी, पेशागत संगठन जस्ता दर्जनौं संगठनबाट आफू अनुकूल प्रतिनिधि ल्याएको अर्को पक्षले लगाउँदैआएको छ ।

धनकुटा, सल्यान, दाङ, महोत्तरी जस्ता जिल्लामा संस्थापन पक्षले प्रतिनिधि चयन होटलमा गरेको, एकपक्षीय रुपमा गरेको आरोप अर्को पक्षले लगाउँदैआएको छ । ओखलढुंगामा संस्थापनइतर पक्षले मतदानबाट गरेको प्रतिनिधि चयनलाई मान्यता नदिएको एमालेको संस्थापन पक्षले एकपक्षीय भए भनिएका जिल्लाको हकमा भने मौनता साँधेको छ ।

संस्थापन पक्षले प्रतिनिधि चयनमा मनपरी गरेको बिरोधमा आदिवासी जनजाति लोकतान्त्रिक महासंघका केही नेता आज दिउँसो एमाले मुख्यालय च्यासलमा पुगेका थिए । एमालेको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई जनजाति महासंघका नेताहरुले गुनासो राखिरहँदा अनधिकृत तबरले बोल्ने युवासंघका मंगल थापाले कुटाइ खाएका छन् । आफूलाई अध्यक्ष केपी शर्मा ओलीको अन्धसमर्थक बताउने थापाले महासंघका नेताहरुले कुरा राखिरहँदा अनावश्यक रुपमा बोलेकाले कुटाइ खानुपरेको बताइएको छ ।

थापा महेश बस्नेतका निकट हुन् । बस्नेतले उनलाई हालैै गठन भएको युथ भोलेन्टियर फोर्समा समेत नेता बनाएका छन् ।

समाचार वर्गहरू