एमाले सचिवालय बैठक बस्दै

14
फाइल फोटो

काठमाडौं – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (आइतबार) बस्ने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो एक बजे बस्ने गरी बोलाइएको हो ।

कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, १५ वैशाखमा हुने उपनिर्वाचनलगायत समसामयिक विषयमा छलफल हुनेछ ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही ८ र ९ वैशाखमा ललितपुरको गोदावरीमा हुँदै छ । विभिन्न जिल्लाबाट आएका २ हजार १५३ जना प्रतिनिधि सहभागी हुने बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एमालेले जनाएको छ । 

यस्तै, महासचिव शंकर पोखरेलले दस्तावेज लेखन गरिरहेका छन् । परिषद् बैठक सकिएपछि पार्टी स्थापनाको ७५औँ वर्षगाँठलाई हिरक महोत्सवका रूपमा १० वैशाखमा मनाउने गरी तयारी गरिरहेको छ ।

यिनै विषयमा केन्द्रित रहेर छलफल गर्ने गरी एमालेले बैठक बोलाएको हो । 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू