काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने तयारी छ ।
सचिव तामाङका अनुसार एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । विवरण अनुसार एमालेको मुख्य एजेण्डा आगामी महाधिवेशन रहेको छ । त्यस्तै १५-१७ असोजमा भएको एमालेको प्रथम विधान महाधिवशेनको समीक्षा गरिने बताइएको छ ।
१० देखि १२ मंसिरमा १०औँ राष्ट्रिय महाधिवेशनको विषयलाई बैठकको एजेण्डा बनाइएको छ । जसअनुसार ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदैछ । आजको बैठक यही विषयमा केन्द्रित रहने नेताहरूले जानकारी दिएका छन् ।
यसैगरी, असोज अन्तिम सातादेखिको अविरल वर्षापछिको बाढीपहिरोले पुर्याएको क्षतिको विषयमा पनि स्थायी कमिटीमा छलफल हुनेछ ।