(काठमाडौं) – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ ।
बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ ।
त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ ।
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा यसअघि कम ग्रेड ल्याएका समेत सहभागी हुन सक्ने बोर्डले जनाएको छ ।
(परीक्षा तालिका)