एसिइई नतिजाको सबै तयारी सकियो, बोर्ड बैठक बस्न नसक्दा प्रकाशनमा ढिलाइ

41

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को नतिजा प्रकाशनका लागि सबै तयारी सकिए पनि बोर्ड बैठक बोलाउन ढिलाइ भएको छ । कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले आइतबार साँझ नै काम सके पनि मंगलबार साँझसम्म बोर्ड बैठक बोलाइएको छैन ।

कार्यालयले ढिलोमा मंगलबार सम्ममा एसिईइको नतिजा आउने भनेर जनाएकोमा त्यसको सुरुवातनै नभए पछी विद्यार्थीहरु निराश बनेका छन् ।

सरकारको निर्णयअनुसार ०७६ को एसइईको विद्यालयले नै आन्तरिक मूल्यांकन गरेका थिए । सोहीकारण एसइईको महत्व पहिलेजस्तो नभएको बोर्डका अधिकारीको भनाइ छ ।

बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७६ को एसइईमा कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् । कोरोना संक्रमणको जोखिम र विद्यालयसमेत क्वारेन्टाइनका रूपमा प्रयोग भएकाले गत चैतमा हुनुपर्ने एसइई सञ्चालन गर्न नसक्ने निर्णय सरकारले गरेको थियो । विद्यालयले गर्ने आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय पनि सरकारको थियो ।

समाचार वर्गहरू