एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली क्रिकेट टिमको घोषणा

19

(काठमाडौं) – आगामी मंगलबारबाट बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपालले राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार टोलीको घोषणा गरेको हो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले इमर्जिङ एसिया कप खेल्ने १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको जानकारी दिए । नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् । उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीले सम्हाल्ने छन् ।

नेपाली टिममा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने भने यो प्रतियोगितामा अटाएका छैनन् । दुवै जना यूएईमा आयोजना हुने टी १० क्रिकेटको कारण टिम बाहिर रहेका हुन् । पूर्व कप्तान खड्का र लेग स्पिनर लामिछाने बिना नै नेपाल यो प्रतियोगितामा सहभागी हुन लागेको हो । नेपाली टिममा कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका छन् । प्रतियोगिता नोभेम्बर १२ देखि २४ सम्म हुनेछ ।

प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । स

मूह ’ए’ मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान रहेका छन् । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । समूह ’ए’ को खेल कक्स बजार र समूह ’बी’ को खेल ढाकामा हुनेछ । सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ । नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ ।

समाचार वर्गहरू