एस्टन भिल्लाविरुद्ध म्यानचेस्टर युनाइटेडको फराकिलो जित

55

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फराकिलो जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले एस्टन भिल्ला माथि ३–० को फराकिलो जित दर्ता गरेको हो ।

युनाईटेडले लिगमा आफ्नो अपराजित यात्रालाई १७ खेलसम्म पुऱ्याएको छ । जितसँगै उसले चौथो स्थानको लेस्टर सिटीसंगको दूरी एक अंकमा झारेको छ । पछिल्लो जितले युनाईटेडले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई समेत बलियो बनाएको छ ।

म्यानयुलाई जित दिलाउन ब्रुनो फर्नान्डो, मेसन ग्रीनउड र पौल पोग्बाले एक एक गोल गरेका थिए । स्टोनभिल्लाको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले फर्नान्डेसले २७ औं मिनेटमा पेनाल्टीमा माफर्त अग्रता दिलाएका थिए ।

एजरी कोन्साको फलमा प्राप्त पेनाल्टीमा फर्नान्डेसले युनाईटेडलाई अघि बढाएका हुन् । यसैगरी पहिलो हाफको अतिरिक्त समयमा मेसन ग्रीनउडले गोल गरेपछि पहिलो हाफ म्यानयुले २–० ले अग्रता बनाएको थियो ।

खेलको ५८ औं मिनेटमा गोल गर्दै पाउल पोग्बाले युनाईटेडलाई ३–० को जित दिलाए । जितसँगै युनाईटेड ५८ अंकसहित तालिकाको पाँचौं स्थानमा छ भने पराजित भएको भिल्ला २७ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

अर्को खेलमा एटर्भन र साउथह्याम्टनले बराबरी खेल्दै अंक बाँडे । तालिकाको मध्य भागमा रहेका दुवै क्लबले १–१ गोलको बराबरी खेलेका हुन् ।

सुरुवातमा ड्यानी इग्सको गोलबाट साउथह्याम्टनले खेलमा अग्रता बनाएको थियो । ४३ औं मिनेटमा रिचार्डलिसनले एभर्टनका लागि बराबरी गोल फर्काएका थिए । एभर्टन ४५ अक सहित ११ औं स्थान र साउथह्याम्टन ४४ अंक सहित १२ औं स्थानमा उक्लिएका छन् ।

समाचार वर्गहरू