(काठमाडौं) – सहिद स्मारक ए डिभिजन लिगमा आज (शनिबार) दुई खेल हुँदैछ । पहिलो खेलमा मच्छिन्द्र क्लब र जावलाखेल तथा दोस्रो खेलमा मनाङ मर्स्याङदी र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेलमा मच्छिन्द्र र जावलाखेलबीचको प्रतिस्पर्धा मध्यान्न १२ बजे सुरु हुनेछ । दोस्रो खेलमा मनाङ र शेर्पा क्लब दिउँसो ३ बजे प्रतिस्पर्धामा उत्रनेछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
गत मंगलबारको खेलका दौरान भएको झडपमा संलग्न खेलाडी कारबाहीमा परेपछि मच्छिन्द्र र मनाङ समस्यामा छन् । तर, दुवै टिमलाई जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर पनि छ ।