ए डिभिजन लिगमा फ्रेण्ड्स र हिमालयन शेर्पाको बराबरी

24

(काठमाडौं) – कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । बराबरी खेलसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।

जारी लिगमा पाँच खेल खेलेको हिमालयन शेर्पाले ३ अंक रहेको छ । यसअघि खेलेको चार खेलमा हिमालयन शेर्पाले दुई खेलमा बराबरी तथा दुई खेलमा पराजय भोगेको थियो ।

शेर्पाले नेपाल पुलिस क्लबसँग गोल रहित बरबरी र अर्काे विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) सँग १-१ गोलको बराबरी खेलेको थियो ।

त्यस्तै हिमालयन शेर्पा त्रिभुवन आर्मी क्लबसँग २-० ले तथा ब्रिगेड ब्वाईज क्लब (बीबीसी)सँग १-० ले पराजित भएको थियो । समान खेल खेलेको फ्रेण्ड्स क्लबले दुई अंक जोडेको छ ।

समाचार वर्गहरू