ए डिभिजन लिगमा हिमालयन शेर्पा र एपीएफ भिड्दै

17

(काठमाडौं) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज आइतबार एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा र विभागीय शसस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टोली बीचको प्रतिस्पर्धा अपरान्ह ३ बजे सुरु हुनेछ । लिग तालिकामा हिमायन शेर्पाले पहिलो खेलबाट १ अंक रहेको छ । एपीएफले खाता खोल्न सकेको छैन ।

पहिलो खेल बराबरीमा टुङग्याएको हिमालयन शेर्पा सिजनको पहिलो जित निकाल्ने योजनामा रहँदा विभागीय टोली पनि समान लक्ष्यमा रहनेछ । पहिलो खेल गुमाएको एपीएफलाई भने दोस्रो खेलमा जित निकाल्न केही दबाब रहेको छ ।

शेर्पाले बलियो टोली नेपाल पुलिसलाई बराबरीमा रोकेकाले उसको मनोबल केही उच्च छ । साविक विजेता मनाङ्सँग २–० को हार भोगेको एपीएफ दोस्रो खेलबाट लय समाउने दाउमा छ ।

शेर्पाले विभागीय नेपाल पुलिस क्लबलाई बराबरीमा रोक्दै लिगमा सुरुवात गरेको थियो । स्टार र अनुभवी खेलाडी बिनानै बलियो पुलिसलाई रोक्दै शेर्पा क्लबले लिगमा महत्वपुर्ण एक अंक जोडेको थियो ।

यसअघि हिजो भएका खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबले जित हात पारेका थिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू