ए डिभिजन लिग फुटबलमा आज २ खेल हुँदै

19

(काठमाडौं) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लब आमने सामने हुनेछन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

जारी सिजन अपराजित रहेको जावलाखेल चौंथो चरणमा दोस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्ला ३ खेलमध्ये १ जित र २ खेलमा बराबरीको नतिजा निकालेको जावलाखेल ५ अंकमा तालिकाको पाँचौ स्थानमा रहेको छ । च्यासललाई हराउँदै जावलाखेल शीर्ष तीनमा पुग्ने प्रयासमा रहनेछ ।

१ जित, समान बराबरी र हार भोगेको च्यासल चौथो चरणमा जित निकाल्दै तालिकामा सुधार गर्न चाहान्छ । यो खेलमा सबैको नजर च्यासलका स्टाईकर सन्तोष साउखलमा रहनेछ । घरेलु लिगमा एक सयौ गोलनजिक रहेका साउखल जावलाखेलबिरुद्ध ईतिहास बनाउने लक्ष्यमा रहनेछन् ।

सोही मैदानमा दिउँसो ३ बजे हिमायलन शेर्पा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ । यस्तै शेर्पा क्लब दुई बराबर र एक हार सहित २ अंक जोडेको छ । ब्रिगेड एक जित र दुई हार सहित ३ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।

घरेलु लिगमा एक सयौ खेल खेल्न लागेको ब्रिगेड त्यसलाई सफल बनाउन चाहान्छ । १ जित र २ हारको नतिजा निकालेको ब्रिगेड आफ्नो शतक खेललाई ऐतिहासिक बनाउने योजनामा छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू