‘ओलीतन्त्रले हामी १८ जनालाई ६ घण्टा थुन्यो,’- खगेन्द्र संग्रौला

9

काठमाडौं – लेखक एवं नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले चिकित्सा शिक्षालाई कमाउ धन्दा बनाएर जनस्वास्थ्यमा भइरहेको खेलबाडको विरोध गर्दा आफूसमेत १८ जना ६ घण्टा थुनिने परेको बताएका छन्।

शुक्रबार बालुवाटारबाट समातिएका संग्रौलाले हिरासतमुक्त भएपछि शनिबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो ज्यादतीविरुद्ध सबैलाई मुख खोल्न अपिल गरेका हुन्।

‘चिकित्सा शिक्षालाई कमाउ धन्दा बनाएर जनस्वास्थउपर खेलबाड गर्ने मार्सी भात ख्वाउने र खानेविरुद्ध आवाज उठाउँदा ओलीतन्त्रले हामी १८ जनालाई ६ घण्टा थुन्यो,’ संग्रौलाले लेखेका छन्, ‘सकल मान्यवर, मुख खोलौं, विरोध बोलौं, यी मक्खीचुस मार्सीमार्गीहरूलाई सम्बन्धनको आपराधिक कारोबार गर्न नदिऔं।’

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नतामा गैरकानुनी रूपमा सम्बन्धन दिन लागेको भन्दै ‘बृहत् नागरिक आन्दोलन’अन्तर्गत शुक्रबार विरोधमा उत्रिँदा संग्रौला, नारायण वाग्ले, युग पाठक, अर्चना थापा, रिता परियारलगायत १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

 

समाचार वर्गहरू