काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महेश आचार्यले बीपी कोइरालाले अबलम्वन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति पूर्वाग्रहप्रेरित र भ्रामक भएको टिप्पणी गरेका छन्।
एमाले अध्यक्ष केपी ओलीले स्व. तुलसीलाल अमात्यको स्मृति दिवस समारोहमा बिहीबार देशभक्त शक्तिका विरुद्ध लागेर बीपीले राजासँगको आफ्नो मेललाई राष्ट्रिय मेलमिलाप भनेको अभिव्यक्ति दिएका थिए।
कांग्रेस नेता आचार्यले ओलीको उक्त भनाइलाई सामाजिक सञ्जाल फेसबुक मार्फत् पूर्वाग्रहप्रेरित, झुटो र इतिहासको अध्ययन र समझ नभएको व्यक्तिको द्वेषपूर्ण टिप्पणी भनेका हुन्।
आचार्यले लेखेका छन्, ‘ओलीजीले मेलमिलापको आह्वान राजासामु आत्मसमर्पण र कम्युनिष्ट विरोधी रहेको भनी दिनुभएको अभिव्यक्ति भ्रामक छ र त्यसैले खण्डनयोग्य छ।’
आचार्यले भनेका छन्, ‘२०३३ साल पुस १६ गते बीपी-गणेशमानजी लगायतका नेताहरुले ८ वर्षको निर्वासन त्यागी नेपाल फर्कंदा कांग्रेस सभापतिको हैसियतले बीपीले देशबासीका नाममा जारी गर्नुभएको अपिलमा देशमा गहिरिँदै गएको राष्ट्रिय संकट र यस्तो संकट आउनुको मुख्य कारण राष्ट्रिय एकताको अभाव रहेको र जसले गर्दा नेपालमा विदेशी तत्वहरु कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन लागेको गम्भीर विषयलाई देशबासीका सामु राख्नुभएको थियो।’
उनले लेखेका छन् –