काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्मदिनको शुभकामना दिएका छन्।
सभापति देउवाको बिहीबार जन्मदिन भएकोले एमाले अध्यक्ष समेत रहेका ओलीले दोसल्ला ओढाएर देउवालाई जन्मदिनको शुभकामना दिएका छन्। त्यही सन्दर्भमा प्रधानमन्त्रीले सभापति देउवालाई जन्मदिनको शुभकामना दिएका हुन्।
संवैधानिक निकायको रिक्त रहेका पदमा नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद् बैठक बोलाउने विषयमा प्रधानमन्त्रीले सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग परामर्श गरेका थिए।
उनले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन् –
आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!