ओलीले बाँडे मन्त्रालय, गृहको जिम्मा पौडेललाई, सञ्चारमा नेम्वाङ्ग,स्वास्थ्यमा श्रेष्ठ

39

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेकी छिन्।

बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी राखेका छन्।

उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थका साथै गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

वसन्तकुमार नेम्वाङले सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी, खानेपानी र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनी यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए।

समाचार वर्गहरू