काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । आज बसेको पार्टी स्थायी कमिटी बैठकले नेता नेपालसहित ४ जनाको कारवाही फुकुवा गरेसँगै भेटघाट हुन लागेको हो ।
नेपाललाई छलफलका लागि बालुवाटार बोलाएपनि नेपालले बालुवाटार जान आनाकानी गरेका थिए । आज पनि नेपाललाई बालुवाटार नै बोलाइएको तर नेपाल जान नमानेपछि बाहिरै भेटघाटको व्यवस्था मिलाइएको बुझिएको छ ।
पार्टी एकता सुदृढिकरणका लागि भेटवार्ता तय गरिएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार भेटघाट आजै हुने भएपनि समय नतोकिएको र बालुवाटार बाहिरनै भेटघाटको प्रवन्ध मिलाइएको छ ।