ओलीले भाषण गर्दा एमाले सांसद निदाएर ताली बजाउन पनि बिर्सिनुभो : निधि

3

काठमाडौं – नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा लामो बोलेर समय खर्चिएको टिप्पणी गरेका छन् । विषयवस्तु बुझिने गरी नभएर असान्दर्भिक विषयमा नै बोलेर ओलीले संसद्को समय खर्चिएको निधिको भनाइ थियो ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा मंगलबार ओलीले झन्डै २ घण्टा बोलेर राम्रो प्रतिपक्षको भूमिका निर्वाह गरे पनि कुरा बुझाउन नसकेको निधिको भनाइ थियो ।

‘संसदीय प्रणालीप्रति साच्चिकै प्रतिबद्ध हुन थाल्नुभएको छ । प्रतिपक्षको भूमिका साच्चै निर्वाह गर्दै हुनुहुन्छ । प्रतिपक्षको भूमिका सत्तापक्षको नीति तथा कार्यक्रम, बजेटलाई कुनै पनि हालतमा समर्थन गर्न हुँदै हुँदैन । त्यो राम्रै गर्नुभएको छ,’ उनले भने, ‘धेरै बेर पर्खिएँ म पनि, स्वयं प्रतिपक्षको बेन्चतिर हेरेँ । समय जति बित्दै गयो उहाँहरू (प्रतिपक्षी दलका सांसद) निदाउन थाल्नुभएको थियो । ताली बजाउन पनि बिर्सिनुभएको थियो ।’

ओलीले २ घण्टा संसद्मा बोलेको नबुझेकाले त्यसप्रति कुनै टिप्पणी नगर्ने निधिको भनाइ थियो । ‘मैले त केही पनि बुझ्न सकिनँ । प्रतिपक्षी दलको नेताले भन्नुभएको थियो मैले बोलेपछि जवाफ दिनुहोला, मैले जवाफ दिन लायक केही पनि पाएको छैन । त्यसकारणले केही पनि जवाफ दिन्न उहाँको विषयमा,’ उनले भने ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू