ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन् – माधव नेपाल

82

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।

शनिवार पार्टीको काठमाडौँमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले ओलीलाई दुई कम्युनिस्ट पार्टीहरू मिलेर बनाएको सरकार ढालेर कांग्रेससँग मिलेर सरकार बनाएको आरोप समेत लगाए ।

प्रधानमन्त्री पद चाहिएको भए आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्षसँग बार्गेनिङ गरेको अवस्थामा पाउने स्थिति रहेको उनले उल्लेख गरे ।  ओलीलाई दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको टिप्पणी समेत उनले गरेका थिए ।

उनले नेपालमा दुई वटा ठुला पार्टीको मात्रै उपस्थिति हुनुपर्ने कुरामा सरकार केन्द्रित भएको र त्यसको प्रतिरोध गर्न आफूहरू तयार रहेको बताए ।

अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने कुनै सम्भावना नरहेको बताए । नेता वामदेव गौतम र डा. भीम रावललाई स्वागत गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो ।

समाचार वर्गहरू