काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेकखलाई निययन्त्रणमा लिनु प्रतिशोध नभएको दाबी गरेका छन् ।
सामाजिक संजालमा लेख्दै गुरुङले यसलाई न्यायको सुरुवात भएको बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ।
यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। उनले लेखेका छन्,ुमलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।
जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णयलगत्तै एक्सनमा उत्रिएका गुरुङले प्रहरी परिचालन गरी ओली र लेखकलाई शनिबार विहानै निवासबाटै पक्राउ गरेका छन्।