कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खुल्ला

4

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । गत बैसाखमा सञ्चालीत कक्षा १२ को नतिजा नआउँदै त्रिवीले स्नातक तह प्रथम वर्षको भर्ना खोलेको हो ।

त्रिवीले मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र  विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो ।

त्रिवीले यहि साउन २८ देखि भाद्र मसान्तसम्म प्रथम बर्षको आवेदन दिन सकिने गरी सूचना प्रकाशीत गरेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू