कक्षा १२ को नतिजा प्रकाशन यसै साता आउने

39

काठमाडौं – कक्षा १२ को परीक्षाको नतिजा यसै साता प्रकाशित गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षाफल बोर्डको क्यालेन्डरअनुसार नै प्रकाशित हुने बताएका हुन्।

शर्माले भने, ‘हाम्रो क्यालेन्डरमा साउन तेस्रो साता परीक्षाफल प्रकाशित हुने व्यवस्था छ। हामी क्यालेन्डरअनुसार नतिजा प्रकाशित गर्ने तयारीमा छौँ।’

गत वैशाख १४ गतेदेखि भएको परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए।

बोर्डका अनुसार  नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन्। ग्रेडवृद्धितर्फका १ लाख ६ सय ५० विद्यार्थी सहभागी भएका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू