काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको समय परिवर्तन गरेको छ ।
यसअघि दिउँसो ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने भनिएको भएपनि उक्त समय परिर्वतन गरी बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आइतबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी उक्त जानकारी दिइएकोहो ।
बोर्डले जेठ १६ गतेदेखि हुने परीक्षा ११ बजेदेखि २ बजेसम्म सञ्चालन गर्ने गरी चैत ५ र ६ गते नै सूचना प्रकाशन गरेको थियो ।
उक्त समय उपयुक्त नभएको भन्दै समय परिवर्तन गरिदिन बोर्डमा गुनासा आउन थाले पछि बिहान ८ बजेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको बताईको छ ।
आगामी जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा हुँदैछ ।