कक्षा १२ को परीक्षा आजबाट सुरु

7

काठमाडौं – कक्षा १२ को परीक्षा आजबाट शुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी भइसकेको जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुने जानकारी दिए ।

बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि देशभर १ हजार २ सय ९२ केन्द्र कायम गरिएको छ ।

बोर्डले यो वर्ष पनि परीक्षा शुरू हुनु करिब आधा घण्टाअघि प्रश्नपत्र अनलाइनबाटै प्रश्नपत्र पठाउने जनाएको छ ।

परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्न निर्देशन दिएको छ । बोर्डले सोहीअनुसार बजेट विनियोजन पनि गरिसकेको जनाएको छ ।

समाचार वर्गहरू