काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले दोश्रो जित हासिल गरेको छ । आज नेपालले कतारलाई ३२ रनले हराएको हाे । नेपालले दिएको दुई सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा नौ विकेट गुमाएर एक सय ७८ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ललित राजवंशी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले सामान दुई विकेट लिए । यस्तै कुशल मल्ल र अविनाश बोहोराले सामान एक विकेट लिएका थिए ।
यो जितसँगै नेपाल दुई खेलबाट चार अंक बटुल्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले पर्सि सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ ।
लगातार दुई जितसहित यूएई समूह ‘बी’ को शीर्ष स्थानमा छ । कतारका लागि महोम्मद तानवीरले ६३ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।
एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।
यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।