कन्ट्याक्ट ट्रेसिङमा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

39

(काठमाडौँ) – कोरोना भाइरस कोभिड१९ बाट संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा खटिएका एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाबाट कपिलवस्तु तथा रुपन्देहीमा स्वाब संकलनका लागि गएर फर्किएका एक जना चिकित्सकमा कोरोना भाइरस पोजिटिभ देखिएको हो । उनी पाँच दिनअघि कपिलवस्तु र रुपन्देहीमा संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएको स्वास्थ्य विभागले जनाएको छ ।

उनमा संक्रमण रहेको पाइएपछि उनको सम्पर्कमा आएका अन्य ४ जनालाई क्वारेन्टाइनमा राखिएको विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए । ट्रेसिङ कार्यमा खटिएपछि उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

संक्रमित स्वास्थ्यकर्मीसँग सम्पर्कमा आएका कर्मचारीको स्वाब परीक्षण गरिने महानिर्देशक श्रेष्ठले बताए । स्वाब संकलन गर्ने तथा फिल्डमा खटिने चिकित्सकहरु सबैभन्दा बढी जोखिममा रहेको उनले बताए ।

समाचार वर्गहरू