(काठमाडौं) – त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा पुगेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा आर्मीले पुलिस क्लबलाई ४–२ गोलले हराएको हो । आर्मीका लागि नवयुग श्रेष्ठले दुई तथा सुमन अर्याल र सुदिल राईले एक/एक गोल गरे । पुलिसका लागि बुद्धबल तामाङ र मानबहादुर परियारले एक/एक गोल फर्काए ।
आर्मीले १० खेलमा सात खेलमा जित, दुईमा हार तथा एक खेलमा बराबरी खेल्दै २३ अंक जोडेको छ । यस्तै पुलिस १० खेलमा चारमा जित, दुईमा हार तथा चार खेलमा बराबरी खेल्दै १४ अंक सहित सातौँ स्थानमा छ ।