कबुलअनुसारको काम नगर्ने २० निर्माण कम्पनी कालोसूचीमा {सुचि सहित}

5

काठमाडौं – कबुलअनुसारको काम नगरेपछि २० निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा परेका छन् ।

कबुलअनुसारको काम नगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्अन्तर्गतको सार्वजनिक खरिद अनुगन कार्यालयले यी कम्पनीलाई कालोसूचीमा राखेको हो ।

विभिन्न निकायबाट लेखी आएबमोजिम यी निर्माण कम्पनीलाई माघ १४ को निर्णयानुसार कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । टेण्डर प्रक्रियाबाट छनोट भएका कम्पनी तथा सप्लायर्सले कबोलअनुसारको काम नगरेमा सम्बन्धित सरकारी निकायले कालोसूचीमा राख्न पत्राचार गरेको खण्डमा कार्यालयले यसबारे निर्णय लिनसक्ने प्रावधान छ ।

कालोसूचीमा परेका कम्पनीमा लोहनी एण्ड ब्रदर्स, जे.के बिल्डर्स, सर्मिला निर्माण सेवा, ओम गौरीशंकर इन्फास्ट्रक्चर प्रालि, देवीरमण कन्स्ट्रक्सन प्रालि, खड्गदेवी कन्स्ट्रक्सन प्रालिलगायत छन् । यी निर्माण कम्पनीलाई १ देखि तीन वर्षसम्म कालोसूचीमा राखिएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू