(काठमाडौं) – नेपाल ट्रेड युनियन कांग्रेससंग आबद्ध नेपाल नाई संघले नाई श्रमिकको व्यवसाय कर, घरभाडा र बैंकको व्याज मिनाहा गर्न सरकारसंग माग गरेका छन् । संघले आईतवार प्रेस विज्ञप्ति जारी गर्दै सरकार र सरोकारवाला निकायहरुलाई यस्तो आग्रह गरेको हो ।
संघका वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुर हस्ताक्षरित विज्ञप्तिमा भनिइएको छ – कोविड-१९ को कारण लकडाउन हुँदा सम्पुर्ण नाई पेशामा आबद्ध श्रमिकहरुमा समस्याको चाङ थपिएको छ । दैनिक काम गरेर बिहान बेलुकीको छाक टार्ने श्रमिकहरु लकडाउनले काम बन्द हुँदा कर , घरभाडा र बैंकको व्याजले ठुलो पिरलोमा छन् । त्यसैले सरकार एवं सरोकारवाला निकायसंग यस समस्याको सम्बोधन गर्न माग गर्दछौं ।
यसैगरी संघले नाई श्रमिकहरुलाई तत्काल निर्वाह भत्ता लगायत आर्थिक राहत व्याकेज ल्याउन समेत सरकारसंग माग गरेका छन् ।