करातेमा नेपालकी अनुपमा मगरलाई स्वर्ण

18

(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालकी अनुपमा मगरले स्वर्ण जितेकी छिन् । महिला ६८ केजी माथिको कुमुतेमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर स्वर्ण जितेकी हुन् ।

बुधबार भएको खेलमा ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पाकिस्तानी खेलाडीलाई ६-३ को सेटमा पराजित गरिन् । यो सँगै नेपालको स्वर्ण २४ पुगेको छ ।

समाचार वर्गहरू