काठमाडौं – मोरङमा बिजुली चोरी गरेर खोलामा माछा मार्ने क्रममा शनिबार करेन्ट लागेर पतिपत्नीको एकै ठाउँमा मृत्यु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा मुख्य प्रसारण लाइनको पोलमा हुक लगाएर करेन्टलगाइ माछा मार्न खोज्ने स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू र पत्नी ५२ वर्षीया फूलमाया लिम्बूकोको शनिबार एकै ठाउँमा सँगै करेन्ट लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार पति लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गराका थिए । सोही क्रममा पानीमा प्रवाह भएको करेन्ट लाग्दा दुवै जनाको शनिवार विहान १० बजेतिर एकै ठाउँमा घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे इलाका प्रहरी बेलबारीले अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।