काठमाडौं – पछिल्लो समय अधिक चर्चामा रहेको फिल्म ‘छक्कापञ्जा ५’को गीत ‘ब्रेकअप सङ्’लाई युट्युवमा १ करोडभन्दा धेरै पटक हेरिएको छ ।
दुई साताअघि रिलिज भएको यो गीतले सोमबार करोड भ्युजको उपलब्धि हासिल गरेको हो । बाबुल गिरीद्वारा संगीतबद्ध गीतमा गिरी र दीपाश्री निरौलाको आवाज छ ।
यो गीतमाथि लाखौं टिकटक भिडियो बनाइएको छ । युट्युवमा झण्डै ६ हजार कमेन्ट प्राप्त भएका छन् जसमध्ये अधिकांश सकारात्मक छन् । रिलिजपूर्व छक्कापञ्जा ५ का लागि यो सकारात्मक समाचार हो ।
‘छक्कापञ्जा’ सिरिजका अघिल्ला गीतहरु पनि करोड क्लबमा स्ट्रिमिङ भैरहेका छन् । ‘छक्कापञ्जा ५’कै अघिल्लो गीत ‘बिहे भाको छैन’लाई अहिलेसम्म ७२ लाख पटक हेरिएको छ । दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी अभिनित फिल्म विहिबारदेखि प्रदर्शन हुँदैछ ।