कर्णाली नदीमा जीप खस्यो, चालक घाइते यात्रु सकुशल

31

काठमाडौं – हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको जिप कर्णाली नदीमा खसेको छ।

सोमबार बिहान सिमकोटबाट हिल्सा जाँदै गरेको प्र ०३-०१०२२ च ५१२६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख डिएसपी भीमलाल भट्टराईले जानकारी दिए।

नाम्खा गाउँपालिका-२ स्थित उकालोमा उक्लिन नसकेपछि जीपमा सवार सबै यात्रु ‌ओर्लेकाकारण मानविय क्षती भने भएको छैन ।

जीपका चालक जनकपुर वतन भएका राजेश लामा गम्भीर घाइते भएका छन्। जीप खसेपछि उनी हामफालेर बाँच्न सफल भएको डिएसपी भट्टराईले जानकारी दिए।

उनलाई उपचारका लागि सुर्खेत अस्पताल लैजान लागिएको डिएसपी  भट्टराईले बताए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू