कर्णाली सरकारबाट बाहिरियो एमाले

8

काठमाडौं – कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। संघीय सरकारमा भएको राजनीतिक फेरबदलको प्रभाव प्रदेशमा परेसँगै कर्णाली सरकारबाट आइतबार एमाले बाहिरिएको हो।

गत पुस १० गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पाँच दलीय गठबन्धन भत्किएर नयाँ गठबन्धन निर्माण हुँदा कर्णालीमा माओवादी केन्द्रको नेतृत्वको सरकारमा एमाले सहभागी भएको थियो।

नेकपा एमाले र माओवादी केन्द्रको केन्द्रको निर्णय अनुसार कर्णालीमा माओवादी केन्द्रका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए।

उनको सरकारमा नेकपा एमालेबाट प्रदेश अध्यक्ष विनोद शाह आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र जितबहादुर मल्ल उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए।

राष्ट्रपति निर्वाचनमा पुरानै गठबन्धन ब्युतिएपछि एमाले संघीय सरकारसँगै प्रदेश सरकारबाट पनि बाहिरिँदै गएको हो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू