कर्णालीमा गाडी दुर्घटना, प्रदेश सांसद खड्कासहित ९ जना घाइते

15

काठमाडौं – कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का चढेको गाडी दुर्घटनामा परेको छ । शनिबार रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा सभापति खड्का चढेको गाडी दुर्घटनामा परेको हो।

आइतबार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँ सभामा सहभागी हुन पुगेको खड्कासहितको टोली दुर्घटनामा परेको हो। कर्णाली प्रदेश ००१ झ ००४४ नम्बरको गाडी दुर्घटना हुँदा खड्कासहित ९ जना घाइते भएका छन्।

घाइते हुनेहरुमा खड्काका स्वकीय सचिव हुकुम बिसी, चालक युवराज गिरी, चौरजहारी नगरपालिका–९ स्थित आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्लसहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ।

 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू