काठमाडौं । काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटर सडक निर्माणको काममा आफु अनुकुल गर्ने गराउने गरि उदेश्यले आफु अनुकुल कर्मचारी नियुक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कालिका कन्स्ट्रक्सनका मालिक बिक्रम पाण्डेले सम्बन्धीत मन्त्रालयमा अबैध लविङ गरेको बताइएको छ ।
अहिले कालिका कन्स्ट्रक्सन र चिनियाँ कम्पनीसँगको संयुक्त उपक्रम (जेभी) मार्फत अघि बढिरहेको सो आयोजनामा पाण्डेले लविङ गरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागकी सिनियर डिभिजन इन्जिनियर (सिडिई) कल्पना अधिकारीलाई काँकडभिट्टा– लौकही पूर्वी खण्डमा पठाउन सेटिङ मिलाउन तल्लिन रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार आगामी एक–दुई दिनभित्रै उनलाई उक्त परियोजनामा खटाउने तयारी अन्तिम चरणमा पुगेको समेत बताईएको छ । स्रोतका अनुसार १० अर्ब रुपैयाँको सडक र ६ अर्ब ५० करोड रुपैयाँको पुल निर्माणको ठेक्का रहेको यो परियोजनाको कुल लागत २० अर्ब रुपैयाँ भन्दाबढी रहेको छ । सो रकममा कर्मचारी सेटिङ मिलाएर कमिशन बढी निकाल्ने उदेश्य ठेकेदार पाण्डेको रहेको समेत बताईएको छ । सडक विभागका सिडिइहरूको नियमित सरुवा भदौ महिनामा हुने व्यवस्था भए पनि अधिकारीलाई प्रायः चैत–वैशाखमा सो आयोजनाको जिम्मेवारी हेर्ने गरि सरुवा गर्न लागिएको बताईको छ ।
यसरी लविङ र सेटिङमा गरिएको सरुवाबाट महत्वपूर्ण आयोजनामा प्रभाव पर्ने समेत बताइएको छ । मन्त्रालयका अनुसार यसअघि कालीगण्डकी करिडोरमा कार्यरत रहँदा अधिकारीले ठेकेदार पाण्डे नेतृत्वको निर्माण कम्पनीलाई विभिन्न काममा सहजीकरण गरेको भन्दै अहिले पनि उनलाई पूर्वी खण्डमा सरुवा गर्न हर प्रयास गरि रहेको बताइएको छ ।
अधिकारीले भने यसअघि २० अर्ब रुपैयाँ बराबरको यस परियोजनामा जान चासो देखाउँदै आएको र ठेकेदार पाण्डेले सो परियोजनामा लैजान सेटिङ मिलाउने जिम्मेवारी समेत लिए लविङ गरेको बताइएको छ । नाम गोप्य राख्ने सर्तमा मन्त्रालयका एक कर्मचारीले भने,‘अहिले अधिकारीलाई काँकडभिट्टा–लौकही खण्डमा लैजान पाए ठेकेदार पाण्डेलाई करोडौ रुपैयाँ फाईदा निकाल्ने गरि सेटिङ मिलाउन लागेका छन, साहेद सो सेटिङ अनुसार नै काम मन्त्रालयबाट हुने प्रायःनिश्चित रहेको छ ।’
कालिका कन्स्ट्रक्सन र चिनियाँ कम्पनीसँगको संयुक्त उपक्रम (जेभी) मार्फत अघि बढिरहेको सो आयोजनामा पाण्डेले लविङ गरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागकी सिनियर डिभिजन इन्जिनियर (सिडिई) कल्पना अधिकारीलाई काँकडभिट्टा– लौकही पूर्वी खण्डमा पठाउन सेटिङ मिलाउन तल्लिन रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
यसअघि पनि उनी ठूला परियोजनामा सरुवा भएर पुगेको घटनाले चर्चा पाएको थियो । मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा खण्डमा ४ अर्ब रुपैयाँ बराबरको ठेक्का लागेपछि अधिकारीले चासो देखाएको र त्यहाँ कार्यरत सिडिइलाई चैत महिनामै हटाएर आफू पुगेको आरोप मन्त्रालयभित्र चर्चा चलि रहेको छ । तत्कालीन सचिव केशव शर्माले अधिकारीलाई पोखरा पठाउने निर्णय गरेका थिए । कालीगण्डकी करिडोरमा समेत उनी लगातार तीनपटक डिभिजन प्रमुख बनेर बसेको मन्त्रालयको रेर्कडमा रहेको छ ।
पाल्पास्थित कार्यालयमा तत्कालीन प्रमुख शंकर पौडेल कार्यरत रहेका बेला उनलाई चैत महिनामै त्यहाँबाट हटाएर अधिकारीलाई नेतृत्व दिइएको थियो । उक्त कार्यालयमा कार्यकालका क्रममा भुक्तानी प्रक्रियामा समेत विवाद भएको चर्चा मन्त्रालयमा अझै चलिरहेको छ । मन्त्रालयका कर्मचारीका अनुसार अन्तिम भुक्तानीको समयमा उनले कार्यालयको खाता नै रोक्न लगाएको र लेखा अधिकृत रहेका आफन्तमार्फत कुनै भुक्तानी नगर्न निर्देशन दिएको आरोप लाग्ने गरेको बताएका छन् ।
त्यसपछि आफू कार्यालय प्रमुख बनेपछि मात्रै भुक्तानी प्रक्रिया अघि बढाइएको र त्यस क्रममा ठूलो कमिसन लिएको आरोपसमेत मन्त्रालयका कर्मचारीहरुले लगाएका छन् । हाल अधिकारी काँकडभिट्टा–लौकही सडक आयोजनामा पुग्ने तयारीमा लागेको र उनी सचिव केशव शर्मा चैत ९ गते अनिवार्य अवकाशमा जानुअघि नै सो परियोजनामा पठाउने निर्णय गर्ने अन्तिम तयारी भएको बताइएको छ । यस विषयमा मन्त्रालयका सचिब शर्मालाई पटकपटक फोन गर्दा सचिबको पिएमार्फत फोन सम्र्पक हुनबाट रोकावट समेत गरेका थिए ।