काँग्रेसले गर्यो बागी उठेर चुनाव जितेका १४ जनप्रतिनिधीको कारबाही फुकुवा

9

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिएर निर्वाचित भएकाहरुको कारबाही फुकुवा गरेको छ ।

स्थानीय र प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई अस्वीकार गरेर विद्रोही उम्मेदवार भई निर्वाचित भएकाहरुलाई पार्टीमा फर्काइएको छ । केन्द्रीय समितिको बैठकमा बुधबार महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुको कारबाही फिर्ताको प्रस्ताव सुनाए ।

‘पार्टीमा आफूहरुबाट भएको गल्ति स्विकारी पार्टीमा फर्कन निवेदन दिएकाले कारबाही फुकुवा गरिएको छ,’ शर्माले भने ।

कांग्रेसले बागी उम्मेदवारी दिएर प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका जंगीलाल राय, देवेन्द्रबहादुर शाही र नवराज शाहीको कारबाही फुकुवा गरेको छ ।

त्यस्तै, जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित भएका राजुसिंह कठायत र धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार शाहसहितको कारबाही फुकुवा भएको छ ।

कारबाही फुकुवा भएका जनप्रतिनिधिहरु

जंगीलाल राय– सर्लाही २ (क)
देवेन्द्रबहादुर शाही– चन्दननाथ नगरपालिका, जुम्ला
नमराज शाही– दैलेख, जिल्ला समन्वय प्रमुख ।
आजुसिंह कठायत– चन्दननाथ नगरपालिका, जुम्ला
मनोजकुमार साह– जनकपुरधाम उपमहानगरपालिका प्रमुख
प्रल्हाद कुमार क्षेत्री– बर्दिवास नगरपालिका प्रमुख
तारादेवी महतो– बर्दिबास नगरपालिका उपप्रमुख
भोला खड्का– बर्दिवास नगरपालिका–१, वडाध्यक्ष
रामस्वागरात यादव– बर्दिवास नगरपालिका– ७ वडाध्यक्ष
विजयकुमार महतो– बर्दिवास नगरपालिका–१४, वडाध्यक्ष
विन्देश्वर साह– बर्दिवास नगरपालिका कार्यपालिका सदस्य
अकल तामाङ– बर्दिवास नगरपालिका–४ वडाध्यक्ष
प्रमोद मोक्तान– बर्दिबास नगरपालिका– १० वडाध्यक्ष
लक्ष्मण सिंह– बर्दिबास नगरपालिका– १३ वडाध्यक्ष

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू