काँग्रेसले १६ पुसदेखि १६ माघसम्म एक महिने अभियान सञ्चालन गर्ने

7

काठमाडौं – नेपाली कांग्रेसले एक महिने ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार पार्टी कार्यालय सनेपामा बसेको कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

एक महिने ‘समुदायमा कांग्रेस’ अभियान १६ पुसदेखि १६ माघसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरिने कांग्रेसले जनाएको छ । स्थगित भएको दोस्रो चरणको ‘समुदायमा कांग्रेस’ अभियान १६ पुसदेखि गर्न लागिएको महामन्त्री गगन थापाले जानकारी दिए ।

अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसले जनाएको छ । साउनमा बसेको केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ सम्म ‘समुदायमा कांग्रेस’ अभियान गर्ने निर्णय गरेको थियो । उक्त अभियान भने पार्टीले स्थगित गरेको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू