काठमाडाैं– नेपाली कांग्रेस नुवाकोटका सभापती जगदिश्वर नरसिंह केसिको पिसिआर रिपोर्ट दुइथरी आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कांग्रेस नेता केसीकाे पिसिआर रिपोर्ट दुइ किसिमकाे पठाएकाे हो ।
केसीले राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा पुगेर ३ दिन अघि पीसीआर परिक्षण गरका थिए । मंगलबार विहान उनकाे स्वास्थ्य रिपाेर्ट नेगेटिभ आएकाे थियाे । तर केसीलाइ प्रयाेगशालाले साँझ अर्काे रिपाेर्ट पठायाे । पछिल्लाे पटक पठाएकाे रिपाेर्टमा केसीमा काेराेना संक्रमण लागेकाे पाेजेटिभ रिपाेर्ट पठाएकाे छ ।
कांग्रेस नेता केसीले आफुलाइ दुइवटा रिपाेर्टले थप अन्याेल र तनाबमा पारेकाे बताए । मध्यबिन्दु अनलाइन सँगको संक्षीप्त कुराकानीमा नेता केसिले रिपोर्ट जस्तो आएपनि आफु स्वास्थ्यप्रती सचेत रहेको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
एकमहिना अघि नागार्जुन नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीकाे पीसीअार परिक्षमा पनि यस्तै दुइखाले रिपाेर्ट पठाएकाे थियाे । प्रयाेगशालाकाे बारम्बारकाे यस्ताे गल्तिले सरकारी निकायकाे विश्वशनीयतामा पटक पटक प्रश्न उठने गरेकाे छ ।