काठमाडौं – नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष पदमा विद्वान् गुरुङ नियुक्त भएका छन्।
काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको गत फागुन ३ गतेको बैठकको निर्णयअनुसार नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा क्रमशः काठमाडौँका दुजाङ शेर्पा र पर्वतका विद्वान् गुरुङलाई नियुक्त गरेका हुन्।
देउवाले तदर्थ कार्यसमितिलाई स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी समेत दिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।